एभरेष्ट म्याराथनको उपाधि सुमनलाई

  हिमाल समाचार
9k Shares

प्रकृति राई, सोलुखुम्बु – विश्वको अग्लो स्थानमा सञ्चालित एभरेष्ट म्याराथन प्रतियोगिताको उपाधि सोलुखुम्बु महाकुलुङ सुमन कुलुङले जितेका छन् । सगरमाथा आधार शिविरदेखि नाम्चेसम्मको ४२ किलोमिरको निर्धारित दुरी ३ घण्टा ४८ मिनेट ५४ सेकेन्डमा पार गर्दै सुमन वजेता बनेका हुन् ।

त्यस्तै सोही दुरी ३ घण्टा ५७ मिनेट ५३ सेकेन्डमा पुरा गर्दै बल बहादुर कुवँर दोस्रो भए भने ४ घण्टा २ मिनेट ३ सेकेन्डमा उक्त दुरी पार गर्दै उमेश राईले तेस्रो स्थान ओगटेका छन् । सोमबार नै सम्पन्न हाल्फ म्याराथन प्रतियोगितामा भारतका सम्झना राई विजेता बनेका छन ।

उनले ३ घण्टा १९ मिनेट ४८ सेकेण्डमा निर्धारित दुरी पार गरेकी हुन । सोलुखुम्बुको दिङबुचेबाट नाम्चेसम्मको हाल्फ म्याराथुनमा अस्ट्रेलियाकी इम्मा वेलियम ३ घण्टा २१ मिनेट ४१ सेकेण्डमा दुरी पार गर्दै दोस्रो र ३ घण्टा २३ मिनेट ५४ सेकेण्डमा दुरी पार गर्दै रसियाकी एल्येक्सजेन्डर बर्टसेभ तेस्रो भईन् ।

यस्तै ७० किलोमिटरको दौड प्रतियोगितामा ८ घण्टा ३८ मिनेट ९ सेकेण्डमा निर्धारित दुरी पार गर्दै र्तिथ बहादुर तामाङ विजेता बनेका छन । सोही दुरी ९ घण्टा २ मिनेट ३१ सेकेण्डमा पार गर्दै दोस्रो तिलक बहादुर सुनुवार र ९ घण्टा २६ मिनेट ३८ सेकेण्डमा दुरी पार गर्दै किरण कुलुङ तेस्रो भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार