सल्लेरीमा खुल्ला ब्याडमिण्टन प्रतियोगिता शूरु

४३ टिमको सहभागिता

  हिमाल समाचार
406 Shares

सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा खुल्ला ब्याडमिण्टन प्रतियोगिता शूरु भएको छ । सोलुखुम्बु जिल्ला ब्याडमिण्टन संघको आयोजनामा सल्लेरीको कबर्डहलमा शनिबार दिउसोबाट प्रतियोगिता शुरु भएको हो ।

३ बिधामा गरि ४३ टिम सहभागि प्रतियोगिताको उद्घाटन सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर गान्धी माया तामाङले गर्नु भएको हो । वडा नम्बर ६ का अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र थापामगर लगायत अन्य सरोकारवालाहरुको उपस्थिति थियो ।

प्रतियोगितामा डबल तर्फ पुरुष २२ टिम , महिला डबल तर्फ ६ टिम र सिंगल १५ बर्ष मुनिका खेलाडी १५ जना सहभागि रहेका छन । पुरस्कारहरु डबल पुरुष तथा महिला तर्फ प्रथमका लागि ४ हजार ४ सय ४४, द्वितियाका लागि ३ हजार ३ सय ३३ र तृतियका लागि १५ सय १५ साथमा ट्रफि, मेडल र प्रमान पत्र रहेका छन । त्यस्तै सिंगल १५ बर्ष मुनिका खेलाडीहरुका लागि पुरस्कार रासी ट्रफि, मेडल, प्रमाण्पत्रका साथमा आर्कषक उपहारको समेत व्यवस्था आयोजकले जनाएको छ । खेल आईतबार सम्पन्न हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार