ऐसेलुखर्कबाट २ गर्भवतीको हेलिकप्टर मार्फत उद्धार

  हिमाल समाचार
4.1k Shares

सोलुखुम्बु – खोटाङको ऐसेलुखर्क गाउँपालिकाबाट २ जना गर्भवती महिलाको उद्धार हेलिकप्टर मार्फत उद्धार गरिएको छ । सुत्केरी व्यथाले जटिल अवस्थामा पुगेकी वडा नम्बर १ की रमिला खत्री र ३ की गोमा निरौलाको आज शुक्रबार हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

नेपाल सरकारको राष्ट्रपति महिला उद्धार कार्यक्रम मार्फत उद्धार गरिएका दुवै जनालाई काठमाण्डौँ थापाथली स्थित प्रसुती गृहमा लगिएको गाउँपालिका जनस्वास्थ्य निरीक्षक रामकाजी नेपालले जानकारी दिनुभयो ।

उहाँका अनुसार रमिला ८ घण्टा भन्दा लामो समयदेखि व्यथा लागेपनि प्रसुती हुन नसकेकी र गोमा समय अगावै सुत्केरी व्यथाका कारण अधि रक्तश्राप भएकाले बर्थिङ सेन्टर ऐसेलुखर्कबाट काठमाण्डौँ रेफर गरिएको हो ।

लगत्तै गाउँपालिकाले जिल्ला प्रसासन कार्यालय खोटाङसँगको समन्वयमा उद्धार गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार