छिरिङ ‘कार्साङ’ चलचित्रमा अनुबन्धित

  हिमाल समाचार
2.1k Shares

सोलुखुम्बु – शेर्पा चलचित्र टिन्छेन फामाकी नायिक तथा रियालिटी शो ‘डान्सिङ स्टार नेपाल’ सिजन–२ की विजेता छिरिङ शेर्पाले नेपाली चलचित्रमा डेब्यु गर्नुहुने भउको छ । शेर्पा समुदायको फिल्म र दर्जनौं म्यूजिक आफ्नो कला प्रस्तुत गरेकी छिरिङले ‘कार्साङ’ चलचित्रमा नायक दयाहाङ राईसँग अभिनय गर्ने पक्का भएको हो ।

शेर्पाले ५६ सय मिटरको उचाइमा अवस्थित कालापत्थरमा कोरियोग्राफी र नृत्य गरेर विश्वकै सर्वाधिक उचाइमा कोरियोग्राफी तथा नृत्यमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नामसमेत राख्नुभएको छ । यार्सा फिल्म्सको व्यानरमा निर्माण हुन लागेको ‘कार्साङ’ चलचित्रमा शेर्पाले डेब्यु गर्न लाग्नुभएको हो ।

यो फिल्ममा मुख्य अभिनेताका रूपमा दयाहाङ र बुद्धि तामाङ हुनेछन् भने अभिनेतृको रुपमा छिरिङ रहनुहुने छ । फिल्मको छायांकन सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकामा हुने निर्माण पक्षले जनाएको छ ।

शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुन लागेको फिल्मका अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक यम शेर्पाले बताउनु भयो । फिल्मका बाँकी कलाकार अडिसनमार्फत छनोट गरिने उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार