सोलुमा आँखाको समस्या महिलामा धेरै

  सलिना लामिछाने
399 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा आँखाको समस्या लिएर स्वास्थ्य संस्था पुग्ने विरामीको संख्याको महिला धेरै भएको पाइएको छ । जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको तथ्यांक अनुसार अस्पतालमा आँखा उपचार गराउन आउने कुल विरामीको ५५ प्रतिशत भन्दा बढी महिला भएको पाइएको हो ।

कार्यालयको तथ्यांक अनुसार सन् २०२३ को जनवरीदेखि जुलाईसम्ममा ३ हजार ५ सय ८८ जना आँखाको समस्या लिएर केन्द्र पुगेका थिए । जसमा ४४.६८ प्रतिशत अर्थात १ हजार ६ सय ३ जना पुरुष छन् भने ५५.३२ प्रतिशत अर्थात १ हजार ९ सय ८५ जना महिला छन् ।

आँखा कार्यकर्ता दिनेश राईका अनुसार जनावरीमा १६३ पुरुष, २१४ महिला, फ्रेब्रवरीमा १६० पुरुष, १९२ महिला, मार्चमा १८९ पुरुष, २५५ महिला, अप्रिलमा २०४ पुरुष, २३६ महिला, मेमा ४४९ पुरुष, ५६७ महिला, जुनमा २४२ पुरुष, ३०२ महिला र जुलाईमा १९६ पुरुष र २१९ जना महिलाले आँखाको उपचार गराएका छन् ।

सात महिनाको अवधिमा एक हजार ४ सय ६९ जनाले चस्मा प्रयोग गरेको आँखा केन्द्रले जनाएको छ । जिल्लामा पुरुषको तुलनामा महिलामा आँखाको समस्या बढी पाइएको आँखा कार्यकर्ता दिनेश राईले जानकारी दिनुभयो ।

गाउँघरका महिलाहरु बढी धुँवा, धुलो तथा बारीमा काम गर्ने भएकाले पनि आँखाको समस्या उनीहरुमा बढी देखिएको हुन सक्ने उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार