विश्व स्तनपान सप्ताहको अवसरमा गुदेलमा विविध कार्यक्रम

  हिमाल समाचार
567 Shares

सोलुखुम्बु – विश्व स्तनपान सप्ताहको अवसरमा सोलुखुम्बुको गुदेलमा विभिन्न कार्यक्रम गरिएको छ । सप्ताहको अवसरमा महाकुलुङको स्वास्थ्य चौकी गुदेलमा आज सोमबार विभिन्न कार्यक्रमको आयोजना गरिएको हो ।

स्वास्थ्य चौकी गुदेल र इको हिमाल नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा हजार दिनका आमाहरुलाई प्रशिक्षित गरिएको संवाददाता झलक राईले जानकारी दिनुभयो ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पुर्ण स्तनपान, पोषण लगायतको विषयमा जानकारी गराइएको थियो ।

हजार दिने आमाहरुलाई अहेब सबिता कुलुङ, बिएन सुमिता कुलुङ, इको हिमाल नेपालका कार्यक्रम परियोजना अधिकृत गोमा शर्मा र कार्यक्रम परियोजना संयोजक प्रबिणकला राईले प्रशिक्षित गराएका थिए ।

कार्यक्रममा कार्यबहाक वडाध्यक्ष ङिमा शेर्पा, स्वास्थ्य चौकी इन्चार्ज किर्तिधन राई, स्वास्थकर्मी, विभिन्न संघसस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार