कोशीको सोलु र ओखलढुंगा बाहेक १२ जिल्लामा डेंगी फैलियो

  हिमाल समाचार
105 Shares

सोलुखुम्बु – कोशी प्रदेशमा डेंगी रोगको संक्रमणबाट १२ जिल्ला प्रभावित बनेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार कोशीका १४ जिल्लामध्ये सोलुखुम्बु र ओखलढुंगाबाहेक सबैमा संक्रमित देखिएका छन् ।

आइतबारसम्म प्रदेशभर ६ हजार ४ सय ६४ जना संक्रमित पाइएका छन् । सबैभन्दा बढी सुनसरीमा ४ हजार ५ सय ५८ र सबैभन्दा कम खोटाङमा ४ जना रहेको निर्देशनालयका जनस्वास्थ्य अधिकृत विवेचना चौलागाँईले बताउनुभयो ।

मोरङमा ९ सय १८, झापामा ४ सय ५४, उदयपुरमा १ सय ६१, धनकुटामा १ सय ८ संक्रमित छन् । अघिल्लो महिनासम्म सुनसरी, मोरङ, झापा र संखुवासभामा सीमित संक्रमण दुई सातायता अन्य जिल्लामा फैलिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार