१३ करोडको लगानीमा सगरमाथाको फेदमा ५५ फिटे मुर्ति बन्दै

बढ्दै नाम्चेको सुन्दरता

  गोमा बस्‍नेत
1.5k Shares

सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा करिब १३ करोड लगानीमा अहिले सम्मकै अग्लो  मुर्ति बन्ने भएको छ ।
सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँ पालिका वडा नं ५ नाम्चे बजार स्थित (गाङला ) क्षेत्रमा ५३ रोपनी क्षेत्रफलमा ५५ फिट अग्लो मुर्ति बन्न लागेको हो ।

सगरमाथाको काखबाट विश्व शान्तिको कामना सहित बन्न लागेको पद्म सम्भवः ( गुरु रिम्बुछे) मुर्तिको आजै शिलान्यास गरिएको छ । मुर्तिका साथै नाम्चेमा हिमालय पार्क पनि बन्ने छ । नाम्चेमा आयोजना गरिएको एक कार्यक्रममा धर्म गुरु क्यब्जे देफुक रिम्बुछेले परियोजनाको शिलान्यास गर्नु भएको बुद्धपार्क निर्माण समितिका प्रबक्ताद्वय लामाकाजी शेर्पा र छिमिकाल्देन शेर्पाले जानकारी दिनुभयो ।

समुन्द्र सतहबाट ३५ सय मिटर उचाईमा रहेको उक्त सुन्दर हिमाली बस्तिमा धार्मिक तथा पर्यटकीय सम्पदा बनाउन राष्ट्रिय निकुन्जको जग्गा प्रयोग गरिने छ । उक्त संरचना बनाउनका लागि नाम्चे क्षेत्रका स्थानीयले चन्दा संकलन गरेका छन् भने बफरर्जोन र गाउँपालिकाले पनि बजेट दिने प्रतिबद्धता ब्यक्त गरेको प्रबक्ता शेर्पाको भनाई छ ।

५५ फिटे मुर्तिको मुनि बहुद्देश्यीय हल र विशाल कमलको फुल बन्ने डिजाईन कार्यमा सम्लग्न स्थानीय समाजसेवी आङफिन्जो शेर्पाले बताउनु भयो । ३ बर्ष भित्र यी सम्रचनाहरु बनिसकेपछि नाम्चेको सुन्दरता थप बढ्दै जाने छ ।

किन बनाईदैछ नाम्चेमा मुर्ति ? केही धार्मिक मान्यता यस्ता छन् ः
परम् पुज्य झेच्चुन तेङबोचे रिन्पोछेज्यूले परम् पुज्य नम्खा रिन्पोछेज्यू मार्फत लिङ गेसरको एउटा भविष्यवाणी प्राप्त गर्नु भएको थियो। भविष्यवाणी अनुसार, “निकट भविष्यमा, हिमालय क्षेत्र र सामान्यतया विश्वका मानिसहरूको बाहिरी र भित्री गुणको पतन हुने र भाग्यमा ह्रास आउनेछन्।” तसर्थ, परम् पुज्य झेच्चुन तेङबोचे रिन्पोछेज्यूको परिनिर्वाण हुनुभन्दा पहिले वहाँले खुम्बुको मध्य भागमा पर्ने हाल नाम्चे बजार भनिने, नावोचेको गङल्हामा गुरु रिन्पोछेको मूर्ति निर्माण गर्न निर्देशन दिनुभएको थियो ।

रिन्पोछेको निर्देशन र परम् पुज्य जोङसर खेन्चे रिन्पोछेज्यूको सल्लाह बमोजिम ३७ फिट अग्लो, तामाबाट बनेको बहुमूल्य गुरु रिन्पोछेको मूर्ति र १८ फिटको सिंहासन गरी कुल ५५ फिट अग्लो संरचना निर्माण गर्ने शुभ कार्यलाई मूर्तरूप दिन लागिएको हो । यो कार्य सन् २०२३ मा शुभारम्भ भई तीन देखि चार वर्षभित्र सम्पन्न हुने लक्ष्य लिईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार