सिधै बैंक खातामा सामाजिक सुरक्षा भत्ता, सेवाग्राहीलाई सहज 

  दिपेन्द्र खनाल
378 Shares

साेलुखुम्बु – सरकारले त्रैमासिक रुपमा वितरण गर्ने सामाजिक सुरक्षा भत्ता वितरण प्रणलि बैंकिण्ज्ञठण् भएपछि सोलुखुम्बका लाभग्राहि लाई सहजता भएको छ । सामाजिक सुरक्षा भत्ता बैंक खातामा जम्मा गर्ने भनि ल्याएको निति पुर्ण रुपमा कार्यान्वयन गरिरहेको पालिकाहरुले बताएका छन । हिमालि जिलला सोलुखुम्बुमा सामाजिक सुरक्षा भत्ता बैंकबाट निरन्तर वितरण भइरहेको पालिका हरुले बताएका हुन । जिल्लाका ८ ओटा पालिकाहरुले आफ्ना सामाजिक सुरक्षा भत्ताका लाभग्राहिहरुलाई बैंकिङ प्रणलि मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिरहिएको हो ।

 

सरकारले २०७७ माघ १ गते देखि अनिवार्य रुपमा सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालि मार्फत गर्न निर्देशन गरेको पछि जिल्लाको एकमात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिकाले २ बर्ष अघिदेखि सामाजिक सुरक्ष भत्ता बैंकिङ प्रणलि मार्फत वितरण गरिरहेको बताइएको छ । ११ वटा वडा रहेको यस पालिकामा जिल्लाकै सबै भन्दा बढी लाभग्राहिहरुले सामाजिक सुरक्ष भत्ता प्राप्त गर्छन । जिल्ला सदरमुकाम समेत रहेको पालिकामा हाल ३ हजार २ सय बढी सेवाग्राहिहरुले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन । नगरपालिकामा ३ वटा बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण हुने गरेको छ ।

 

वडा नम्बर १ देखि ५ सम्मका लाभग्राहिहरुले राष्ट्रिय वाणिज्य बैंक मार्फत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने गरेका छन । यस्तै ५ देखि १० सम्मका सामाजिक सुरक्षा भत्ताका लाभग्राहिहरुले गलेवल आइ.एम.आइ बैंक मार्फत र वडा नम्बर ११ तिङलाका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले तिङला स्थीत प्राइम कमर्सियल बैंक मार्फत सामाजिक सुरुक्षा भत्ता प्राप्त गर्न सक्ने गाउँपालिकाका एम.आइ.एस अपरेटर प्रदिप शाक्य ले बताउनुभयो ।

 

यस्तै जिल्लाको नेचासल्यान गाउँपालिकाले पनि २ आर्थिक वर्ष यता सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणालि मार्फत निरन्तर गरिरहेको छ । उक्त गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंकबाट सेवाग्राहीले सामाजिक सुरक्ष भत्ता प्राप्त गरिरहेका छन । गाउँपालिकाले आर्थिक वर्ष २०७७÷७८ बाट यस्तो सेवा सुचारु गरेको थियो । गाउँपालिकामा अहिले बैंकिङ प्रणालिबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहिको संख्या १ हजार ७ सय जनाको हाराहारीमा रहेको जनाइएको छ ।

 

जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा हाल २ हजार ७ बढी सेवाग्राहीले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्छन । उनिहरुले लक्ष्मि बैंकमा खोलिको खातामा घरमै बसी बसी सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन । सामाजिक सुरक्षा भत्ता प्राप्तीका लागी मापदण्डा पुगेका सेवाग्राहिले स्थानिय तह मार्फत वा वडा कार्यालय मार्फत व्यक्तिगत विवरण दर्ता गराउनुपर्ने छ । हरेक वर्षको साउन १ देखि भाद्र ३० गते सम्म सामाजिक सुरक्षा भत्ताका लागी ब्यक्तिगत विवरण दर्ता गराउन सकिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार