सोलुखुम्बु सदरमुकाममा नेवारी मौलिक रोपाई जात्राको रौनक

दर्शकको घुइँचो

  गोमा बस्‍नेत
1.6k Shares

सोलुखुम्बुका नेवारी समुदायले रोपाइजात्रा प्रदर्शन गरेका छन । आज जिल्ला सदरमुकाम सल्लेरी बजारमा नेवार समुदायको सांस्कृतिक पर्व रोपाई जात्रा विभिन्न कार्यक्रम गरि मनाईएको हो ।
दोर्पु नेवार समाजको आयोजनामा प्रर्दशन गरिएको रोपाई जात्रामा नेवारी समुदाय झल्किने विभिन्न साँस्कृतिक नृत्य प्रदर्शन गरिएको छ । रंगिचंगि पहिरन र मकुण्डोमा सजिएका नेवारी समुदायले रोपाईको सांकेतिक नृत्य प्रस्तुत गरेका छन
। साँस्कृतिक पहिरनमा सजिएका नेवारी महिलाहरुले सांकेतिक रोपाई गरेका छन भने पुरुषहरुले किसान बनेर नेपाली समाजको कृषि मौलिकता झल्काएका छन । रोपाइ जात्रा देखाउने कलाकारहरु कतिपयले व्याङगात्मक पहिरणका साथ दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए ।
जात्रामा राक्षसको मकुण्डो लगाएर राक्षष बनेर मनोरञ्जन गराइरहेका थिए भने कतिपय कलाकारहरुले भगवान शिवको जस्तै पहिरन पहिरिएर राक्षशको वध गरिरहेको देख्न सकिन्थ्यो । दर्शकलाई मनोरञ्जन दिलाउन बालबबालिका देखि वृद्ध, वृद्धा सम्म जात्रा पदर्शनमा सहभागि भएका थिए ।
सदरमुकामको दोर्पु बजारबाट सुरु गरिएको रोपाइ जात्रा जिल्ला समन्वय समितिको प्राङगणमा पुगेर साँस्कृतिक कार्यक्रममा परिणत भएको थियो । नाग पञ्चमिबाट सुरु भएर कृष्ण जन्माष्टमीमा सम्पन्न गरिने नेवारी समुदायको लाखे जात्रामा विभिन्न जात्रा हरु , नूत्य, नाटकहरु प्रस्तुत गर्ने गरेका छन ।lakhe
गाइजात्रा, रोपाई जात्रा, लाखेजात्रा जस्ता साँस्कृतिक परम्पराहरुलाई नेवारी समुदायले विशेष महत्वका साथ मनाउने गरेका छन । जात्रा हेर्न जिल्लाका विभिन्न सरकारी निकायका प्रमुख तथा प्रतिनिधी सहित जिल्लाका अन्य स्थानबाट जात्रा हेर्न आएकाहरुले बजार भरिभराउ बनेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार