सोलुखुम्बुमा देखाइयो रोपाँइ जात्रा (हेर्नुस तस्विरमा समेत……..)

  हिमाल समाचार
819 Shares

साेलुखुम्बु – सोलुखुम्बुका नेवारी समुदायले रोपाँइजात्रा प्रदर्शन गरेका छन । आज जिल्ला सदरमुकाम सल्लेरी बजारमा नेवार समुदायको सांस्कृतिक पर्व रोपाँई जात्रा बिभिन्न कार्यक्रम गरि मनाईएको हो । दोर्पु नेवार समाजको आयोजनामा प्रर्दशन गरिएको रोपाई जात्रामा नेवारी समुदाय झल्किने बिभिन्न सास्कृतिक नृत्य प्रदर्शन गरिएको छ ।

रंगीचंगी पहिरन र मकुण्डोमा सजिएका नेवारी समुदायले रोपाईको सांकेतिक नृत्य प्रस्तुत गरेका छन । सांस्कृतिक पहिरनमा सजिएका नेवारी महिलाहरुले सांकेतिक रोपाई गरेका छन भने पुरुषहरुले किसान बनेर नेपाली कृषिको मौलिकता झल्काएका छन । रोपाइ जात्रा देखाउने कलाकारहरु कतिपयले व्याङगात्मक पहिरनका साथ दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए ।

जात्रामा कलाकारहरुले राक्षसको मकुण्डो लगाएर राक्ष्स बनेर मनोरञ्जन गराइरहेका थिए भने कतिपय कलाकारहरुले भगवान शिवको जस्तै पहिरन पहिरिएर राक्षसको वद गरिरहेको देख्न सकिन्थ्यो । दर्शकलाई मनोरञ्जन दिलाउन बालबालिका देखि वृद्ध, वृद्धा सम्म जात्रा पदर्शनमा सहभागि भएका थिए ।

सदरमुकामको दोर्पु बजारबाट सुरु गरिएको रोपाँइजात्रा जिल्ला समन्वय समितिको प्राङगणमा पुगेर सास्कृतिक कार्यक्रममा परिणत भएको थियो । नाग पञ्चमिबाट सुरु भएर कृष्ण जन्माष्टमीमा सम्पन्न गरिने नावारी समुदायको लाखे जात्रा क्रममा उनिहरुले बिभिन्न जात्रा हरु प्रस्तुत गर्ने गरेका छन ।

गाइजात्रा, रोपाई जात्रा लाखेजात्रा जस्ता सास्कृतिक परम्परा हरुलाई नेवारी समुदायले बिशेष महत्वका साथ मनाउने गरेका छन । जात्रा हेर्न जिल्लाका बिभिन्न सरकारी निकायका प्रमुख तथा प्रतिनिधी सहित जिल्लाका बिभिन्न स्थानबाट आएका दर्शकहरुले बजार भरिभराउ बनेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार