हिमालकर्मी मनुहाङले ल्याए ‘हौ हामी किराती’बोलको गीत

  हिमाल समाचार
63 Shares

सोलुखुम्बु – हिमाल एफ.एफ.कर्मी एवं गीतकार मनुहाङ किराती “सोलु”को शब्दमा रहेको “हौ हामी किराती“बोलको गीत सार्वजनिक भएको छ । नेपाल बहुजातीय,बहुभाषिक,बहु साँस्कृतिक राष्ट्रमा यस गीतले समग्र सबै किरातीहरुको प्रतिनिधित्व गरेको छ।

२०८० सालको कृष्ण जन्माष्टमीको अवसर पारेर गीतलाई सार्वजनिक गरिएको हो । गीतमा किराती भाषा,ईतिहास र सभ्यताका कुराहरु समेटिएको छ । सबित कुलुङ(आल्से)को संगीत,क्षितिज कुलुङको संगीत संयोजन तथा मिक्सिङ,प्रेम कुमार कुलुङको आवाज,क्षितिज कुलुङको एरेन्ज, रेकर्डिङ्ग र मिक्सिङ्ग रहेको गीत ए लेभल स्टुडियो काठमाडौमा रेकर्ड गरिएको हो ।

गीतकारको शब्दमा पाँचौ गीत हो । यस अगि सालपा सिलिछोमी..(कुलुङ भाषामा)मुर्चुङ्गा र बिनायो,महाकुलुङ गान(संयुक्त),गुदेल माविको हीरक गान(संयुक्त)गीतहरु सार्वजनिक भईसकेको छ । मूलतः कवि र गजलकार रहेका शब्दकार किराँती हिमाल एफ.एफ.का प्रतिनिधि हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार