शिक्षकहरुलाई उच्च मनोवलका साथ काम गर्न अध्यक्ष कुलुङको आग्रह

  हिमाल समाचार
567 Shares

साेलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका अध्यक्ष सुर्य बहादुर कुलुङले गाउँपालिकाको शिक्षा क्षेत्रमामा नयाँ सिस्टम अनुसारको प्रशिक्षणमा जोड दिनुपर्ने बताउनुभएको छ ।

आइतबार आज रिड नेपालले गाउँपालिकाको सभाहलमा सञ्चालन गरेको वार्षिक कार्यक्रम समिक्षा तथा छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शिक्षानै विकासको पहिलो खुड्किलो भएकाले शिक्षकहरुले मैले सिकाउनुपर्छ भन्ने साचेर उच्च मनोवलकासाथ काम गर्नुपर्ने बताउनुभएको छ ।

शैक्षिक क्षेत्रको विकासका लागी काम गर्दै आएको गैरसरकारी संस्था रिड नेपालले गाउँपालिकामा गत वर्ष सञ्चालन गरेको कार्यक्रमको समिक्षा तथा चालु आर्थिक वर्षमा सञ्चालन गरिने कार्यक्रमबारे जानकारी दिन आयोजना गरिएको कार्यक्रममा संस्थाले चालु आर्थिक वर्ष २०८०/८१ मा पनि सोहि कार्यक्रमलाई पालिकासँगको समन्वयमा सञ्चालन गरिने जानकारी दिइएको छ ।

संस्थाले गाउँपालिकामा चालु आर्थिक वर्षमा सञ्चालन गरिने कार्यक्रम मार्फत छात्रवृत्तिको दायरा बढाउने, विद्यार्थी मुल्यांकन पुस्तीका नियमित प्रयोग गर्ने, विद्यालयको अनुगमन गरि शिक्षकको पेशागत सिपको जानकारी लिने र अभिबृद्धि गर्नुपर्ने अवस्थामा सो अनुरुप गरिने बताइएको छ ।

समिक्ष कार्यक्रममा रिड नेपालका शिक्षा विकास अधिकृत सरद गौतम, गाउँपालिका अध्यक्ष कुलुङ, प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेत, शिक्षा शाखा प्रमुख झमक बहादुर कट्वाल तथा विभिन्न वडाका वडा अध्यक्षहरु, विभिन्न विद्यालयका प्रधानाध्यपाकहरु, शिक्षक तथा सञ्चारकर्मीलगायतको उपस्थीति रहेको संवादाता झलक राईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार