माप्यदुधकोशीका जेन्डर फोकल शिक्षक र बाल क्लवलाई रीडले दियो ३ दिने तालिम

  हिमाल समाचार
210 Shares

सोलुखुम्बु – सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकामा ३ दिनदेखि जारी बाल क्लबलाई बाल अधिकार संरक्षण, लैंगिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण सम्बन्धि तालिम सकिएको छ ।

रीड नेपालको आयोजना, अस्ट्रेलियन एड र अष्ट्रेलियन हिमालयन फाउन्डेसनको आर्थिक सहयोग तथा माप्य दुधकोशी गाउँपालिकाको समन्वयमा विद्यालयमा गठित बाल क्लवलाई लक्षित गरी सञ्चालन गरिएको तालिम आज शुक्रबार सकिएको हो ।

तालिममा २८ जना बालक्लबका पदाधिकारी तथा १२ जना जेन्डर फोकल शिक्षकको उपस्थिति रहेको शिक्षा विकास अधिकृत विष्णु प्रसाद उपाध्यायले जानकारी दिनु भयो ।

तालिममा बाल अधिकार र संरक्षण बाल क्लबको काम कर्तव्य र अधिकार, बालक्लब परिचालन,लैंगिक समानता तथा सामाजिक समावेशीकरण बाल दुर्व्यवहार न्यूनीकरणमा बाल क्लबको भूमिका, गुनासो व्यवस्थापन संयन्त्र, अपाङ्गताका प्रकार तथा बालक्लबको वार्षिक कार्ययोजना निर्माण लगाएतका विषय वस्तु समावेश गरिएको आयोजकले जनाएको छ ।

यही प्रकृतिको तालिम ७ ओटै स्थानीय तहमा गर्ने योजना रहेको रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार