जनसुधार आविको चार कोठे भवन : गाउँपालिका अध्यक्ष कुुलुङद्वारा उद्घाटन

  हिमाल समाचार
350 Shares

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिका १ बुङ स्थित जनसुधार आधारभुत विद्यालयको ४ कोठे भवनको उद्घाटन गरिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत निर्माण गरिएको ४ कोठे भवनको आज मंगलबार गाउँपालिका अध्यक्ष सुर्य बहादुुर कुलुङले उद्घाटन गर्नुभयो ।

नेपाल सरकारको ५५ लाखको लागतमा निर्माण गरिएको उक्त विद्यालय भवनको ‘शैक्षिक गुणस्तर वृद्धिको आधार भौतिक पुर्वाधार’ भन्ने नाराका साथ पालिका अध्यक्ष कुलुङले रिबन काटेर उद्घाटन गर्नुभएको विद्यालयले जनाएको छ ।

सोही भवनको भित्तामा राष्ट्रिय विभूति, सहिद, प्रतिष्ठित व्यक्तिहरुको तस्विर तथा राष्ट्रिय गान र पालिका गान लेखनका लागि हराभरा विच प्रगम सस्था र विपन अक्षयकोष मार्फत संयुक्त रुपमा ९० हजार रुपैयाँ खर्च गरेको सहकर्मी झलक राईले जानकारी दिनुभयो ।

उक्त संस्था तथा अक्षयकोष मार्फत विगत १० वर्षदेखि विद्यालयको शैक्षिक सुधार अभिबृद्धि, विद्यार्थीलाई स्टेशनरी वितरण तथा न्यानो कपडा वितरण लगायतको कार्यमा सहयोग गर्दै आएको सहकर्मी राईले बताउनुभयो । साथै विद्यालय परिसरमै निर्मित सरस्वति मन्दिरको पनि मंगलबार नै उद्घाटन गरिएको छ ।

मन्दिर निर्माणका लागि निर्माण हराभरा विच प्रगम सस्थाले नगद ६८ हजार र विपन अक्षयकोषले ६० हजार सहयोग गरेको विद्यालयले जनाएको छ । कार्यक्रममा महाकुलुङ गाउँपालिका १ का वडाध्यक्ष पर्खिधन नाछिङ, जिफाउन्डेसन संयोजक जित्न जनम राई, सगरमाथा मावि विव्यस अध्यक्ष देबनाराण राई, जनसुधार आवि विव्यस अध्यक्ष तथा पदाधिकारी, शिक्षक अभिभावक समितिहरु, विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार