नेचासल्यानमा “पुस्तकालयमा मेरो लगानी” कार्यक्रमको सुरुवात

  दिपेन्द्र खनाल
0 Shares

साेलुखुम्बु –  सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ४ मा “पुस्तकालयमा मेरो लगानी”को सुरुवात भएको छ । आज सोमबार नेचासल्यान गाउँपालिकाका उपाध्यक्ष बिना राईको प्रमुख आतिथ्यतामा दशै, तिहार शुभकामना आदानप्रदान तथा पुस्तकालयमा मेरो लगानि कार्यक्रम र चेतना अनुसन्धान अभियान २०८० को सुरुवात भएको हो ।

चेतना बिस्तार युबा परिवार नेचासल्यान ४, सोलुखुम्बुको आयोजनामा सम्पन्न कार्यक्रममा “पुस्तकालयमा मेरो लगानी” का लागी स्थानीय सरकारले प्रसंसनिय भन्दै शुभकामना व्यक्त गरेको छ । सुभारम्भ कार्यक्रममा चेतना बिस्तार युवा परिवार अनुसन्धान तथा प्रकाशन बिभागका प्रमुख हेरम्बराज बास्तोलाले चेतना अनुसन्धान अभियानका १४ आयामहरु प्रस्तुत गर्दै कार्यपत्रको प्रस्तुति राख्नु भएको थियो ।

यस्तै पुस्तकालयमा मेरो लगानि कार्यक्रममा प्रकाशन बिभाग प्रमुख बास्तोलाले बिभिन्न बिधाका २३५ थान पुस्तक उपलब्ध गराउनुभएको छ । यस्तै पुर्ब शिक्षक मणिकुमार श्रेस्ठ मार्फत उपलब्ध १ सय १ थन पुस्तक र दोमराज बास्तोला र प्रकाश राइबाट प्राप्त करिब ४०० थान पुस्तक पुस्तकालयलाइ हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा सस्थाका सदस्य पेसल आचार्यले पुस्तकालयका पाठकहरुका लागी १ थान डिस्पेन्सर समेत प्रदान गर्नु भएको छ । कार्यक्रममा नेचासल्यान गाउँपालिका उपाध्यक्ष बिना राइ, सस्थाका सल्लाहकार डुफकुमार बास्तोला, बिएस राइ, वडा ५ नम्बर वडा अध्यक्ष राजनकुमार राइ लगायत बिभिन्न राजनितिक दलका प्रतिनिधिहरुको उपस्थीति रहेको थिया ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार