लिखुपिकेमा रीडले सुरु गर्‍यो शिक्षकहरुका लागि ३ दिने पुर्नताजकी तालिम

  हिमाल समाचार
280 Shares

सोलुखुम्बु – सोलुखुम्बुको लिखुपिकेमा एकीकृत पाठ्यक्रम सम्बन्धी ३ दिने पुर्नताजकी तालिम सुरु भएको छ । जिल्लामा लामो समयदेखि शैक्षिक क्षेत्रमा काम गर्दै आइरहेको गैर सरकारी संस्था रीड नेपाल र लिखुपिके गाउँपालिकाको संयुक्त आयोजनामा बुधबारबाट तालिम सुरु भएको हो ।

लिखुपिकेको हिमगङ्गा मावि चौलाखर्कमा संचालित तालिममा पालिका भित्रका कक्षा १ देखि ३ सम्म अध्यापन गराउने ५५ जना शिक्षकहरुको सहभागीता रहेको छ । तालिममा एकीकृत पाठ्यक्रम कार्यन्वयनमा देखिएका चुनौती, विगतको तालिमको समीक्षा शिक्षण विधि, शैक्षिक सामग्री निर्माण, विद्यार्थी सिकाइ मूल्यांकन प्रयोग र अभ्यास र नेपाली अंग्रेजी, गणित र हाम्रो सेरोफेरो विषय लगाएतका विषय वस्तु समेटिने रीड नेपालले जनाएको छ ।

२०७८ सालमा एकीकृत पाठ्यक्रम सम्बन्धी ५ दिने तालिम प्रदान गरेको थियो सोही तालिमको पुनर्ताजगी स्वरूप यो तालिम संचालन गरेको रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले बताउनुभयो । तालिमको सहजीकरण रीड नेपालका प्रशिक्षक सुजाता राई, सरद गौतम, राजीव ढुंगाना, विष्णु प्रसाद उपाध्याय र अभिषेक शाहले गरिरहनु भएको छ ।

कार्यक्रममा गाउँपालिका शिक्षा संयोजक रेखराज बस्नेतको पनि उपस्थिति रहेको छ । रीड नेपालले यही प्रकृतिको तालिम खुम्बुपासाङल्हामु गाउँपालिका बाहेक अन्य पालिकामा पनि संचालन गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार