गणेशथान माविमा मोनभिसोद्वारा निर्मित विद्यालय भवन र सौचालयको उद्घाटन

  हिमाल समाचार
700 Shares

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ५ नेचागैरीमा नवनिर्मित विद्यालय भवन तथा सौचालयको उद्घाटन गरिएको छ ।

मोनभिसो फाउन्डेसनले निर्माण गरेको ६ कोठे विद्यालय र सौचालयको आज बिहीबार एक कार्यक्रमका विच उद्घाटन गरिएको हो ।

उक्त भवनको गाउँपालिका अध्यक्ष धनजन राई, उपाध्यक्ष बिना राई, वडाध्यक्ष राजन कुमार राई र मोनभिसो फाउन्डेसनका अध्यक्ष छोङबा लामा शेर्पाले उद्घाटन गर्नुभयो ।

करिब एक वर्षको अवधिमा निर्माण गरेको सो भवनको लागत १ करोड २ लाख रुपैयाँ रहेको फाउन्डेसनले जनाएको छ ।

सोही कार्यक्रममा ३०० जना भन्दा बढी विद्यार्थीलाई स्विटर वितरण गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार