माप्यदुधकोशीमा सकियो ३ दिने शिक्षक तालिम

  हिमाल समाचार
322 Shares

सोलुखुम्बु – सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकामा संचालित एकीकृत पाठ्यक्रम सम्बन्धी ३ दिने शिक्षक तालिम सम्पन्न भएको छ । रीड नेपालको आयोजना तथा माप्यदुधकोशी गाउँपालिकाको समन्वयमा संचालन हिमालय मावि बासामा गत शुक्रबारबाट सुरु भएको तालिम आज आईतबार सकिएको हो ।

तालिममा गाउँपालिका भित्रका २० ओटा विद्यालयका ६० जना आधारभूत तह कक्षा १–३ मा शिक्षण गर्ने शिक्षकहरुको सहभागिता रहेको रीड नेपालका शिक्षा विकास अधिकृत विष्णु प्रसाद उपाध्यायले जानकारी दिनुभयो कार्यक्रमको सहजीकरण रीड नेपालका प्रशिक्षकहरु केशव देव गिरी, सुजाता राई, विष्णुप्रसाद उपाध्याय, अभिषेक विक्रम शाह र जुनु हिराचनले गर्नु भएको थियो ।

तालिममा एकीकृत पाठ्यक्रमको संरचना, योजना निर्माण तथा शिक्षण अभ्यास र विद्यार्थी सिकाइ मूल्यांकन लगायतमा जोड दिएको रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले बताउनुभयो । समापन कार्यक्रममा बोल्दै गाउँपालिका शिक्षा शाखा प्रमुख गजेन्द्र भट्टराईले माप्यदुधकोशीको शैक्षिक सुधारकालागि रीड नेपालको महत्त्वपूर्ण भूमिका रहेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

साथै तालिमबाट मूल्यांकन पद्धतीबारे प्रस्ट भएकोले अबदेखि कक्षा १ –३ मा औपचारिक लिखित परीक्षा नलिई मूल्यांकनको मापदण्ड अनुसारनै विद्यार्थीको सिकाइ मूल्यांकन गर्न निर्देशन दिनुभयो ।

अझपनि लिखित परिक्षा लिने चलन नहटेकोले अनुगमन समेत गर्ने प्रतिबद्धता गर्दै तालिममा सिकेको कुरा व्यवहारमा उतार्न अनुरोध गर्नु भयो कार्यक्रममा नि प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र कुमार यादबले रीड नेपालले लामो समयदेखि माप्याको शैक्षिक स्तर सुधार्न गरेको प्रयासको प्रसंसा गर्दै सिकेको कुरा विद्यालयमा लागु गर्न अनुरोध गर्नु भयो ।

समापन कार्यक्रममा बोल्दै दीपेन्द्र आदर्श आविका प्रअ कुमार राईले तालिम निकै प्रभावकारी भएको बताउदै विद्यार्थी सिकाइ मूल्यांकनलाई पाठ्यक्रमको अवधारणा अनुसार प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै नव प्रगति आविका प्रअ कमला राईले एकीकृत पाठ्यक्रममा केही अन्योलता रहेकोमा तालिमले प्रस्ट भएको बताउनु भयो ।

त्यस्तै हिमालय माविका प्रअ देवी कुमारी राईले रीडको तालिम पहिले आफुले पनि लिएकोले तालिम निकै व्यावहारिक र प्रभावकारी हुने विश्वास व्यक्त गर्नु भयो । रीड नेपालले सोलुका खुम्बु बाहेक ७ ओटा स्थानीयतहमा यही प्रकृतिको तालिम संचालन गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार