महाकुलुङमा सकियो २ दिने आधारभुत शिक्षक तालिम

  हिमाल समाचार
161 Shares

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा सिकाई आपुरण तथा द्रुत सिकाई योजना कार्यन्यन सम्बन्धि २ दिने तालिम सकिएको छ । शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा पालिकाको सहभालमा आईतबारबाट सुरु भएको तालिम आज सोमबार सकिएको हो ।

आधारभुत तहका शिक्षकहरुलाई लक्षित गरि सुरु गरिएको तलिममा १९ आविका प्रत्येक विद्यालयबाट ३/३ जना गरी ३७ जना शिक्षकहरुको सहभागिता रहेको सहकर्मी झलक राईले जानकारी दिनुभयो ।

कोबिड १९ बाट भएको सिकाई क्षति न्यूनिकरण, आपुरण द्रुत अभिवृद्धि गर्न सहजीकरण गर्न, विद्यालय छोड्ने र दोहोराउने क्रमलाई कमी ल्याई निरन्तरताको दर बढाउने, तुलनात्मक रुपमा बढी शैक्षिक क्षति भएका विद्यालय पहिचान गरि सहयोग कार्यक्रम सञ्चालन गर्न, तिनै तीन तहका सरकार, शिक्षा क्षेत्रमा कार्यरत गैरसरकारी संस्था, शैक्षिक संघ संस्था समन्वय र सहकार्यमा सबै बालबालिका सिकाई निरन्तरता र सुनिश्चितता गर्न तालिम आयोजना गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार