सोलुको वाकुमा गरियो एकैदिन ३ योजनाको उद्घाटन

  हिमाल समाचार
574 Shares

सोलुखुम्बु – सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका ६ वाकुमा एकै दिन दिन ३ कार्यक्रमको उद्घाटन गरिएको छ । वडा नम्बर ६ मा आज शुक्रबार एकै दिन दुई वटा विद्यालयको भवन र कक्षा १२ को उद्घाटन गरिएको हो ।

उक्त कार्यक्रमको सोलुखुम्बुका प्रदेश सांसद एव. पुर्वमन्त्री बुद्धि कुमार राजभण्डारी, गाउँपालिका अध्यक्ष बुद्धि किरण राई, उपाध्यक्ष गौरव राई र इको हिमालका नारायण ढकालले एक कार्यक्रमका विच उद्घाटन गर्नुभयो ।

पशुपती आविमा इको हिमाल नेपालद्वारा ३३ लाखको लागतमा निर्माण गरिएको ३ कोठे विद्यालय भवनको उद्घाटन गरिएको छ । यस्तै सगरमाथा माविमा इको हिमालले ६५ लाखको लागतमा निर्माण गरिएको ६ कोठे भवनको पनि उद्घाटन गरिएको छ ।

सोही विद्यालयमा १० जोड २ कक्षा (कक्षा १२)को पनि उद्घाटन गरिएको संवाददाता देवि प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार