सोलुखुम्बुमा गठन भयो समाजवादी मोर्चा, अध्यक्षमा असिम राई चयन

  सुस्मा बस्नेत
875 Shares

सोलुखुम्बु – समाजवादी मोर्चा नेपाल सोलुखुम्बुको अध्यक्षमा असिम राई चयन हुनुभएको छ । सोलुखुम्बु सदरमुकाम सल्लेरीमा आज भएको एक भेलाले माओवादी केन्द्रका जिल्ला संयोजक समेत रहेका राईको अध्यक्षतामा ८ सदस्यीय जिल्ला संयोजन समिति चयन गरेको हो ।

समितिको सदस्यहरुमा माओवादी केन्द्रबाटै नाम्गेल शेर्पा, नेकपा एसबाट दोर्जी जाङ्बु लामा र डिल्ली राई, जसपाबाट फुरी ग्याल्जेन शेर्पा र ल्हाक्पा छिरिङ विक, नेकपाबाट निमा शेर्पा नाम्गेल शेर्पा र पासाङ गुरुङ चयन भएका छन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल बरालको विशेष आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा चार वटै दलका अध्यक्ष सहितका नेताहरुको उपस्थिती रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी नेता बरालले गठत समाजवादी मार्चा जिल्लाको विकास र परिवर्तनमा कोशेढुंगा सावित हुने जिकिर गर्नुभयो ।

साथै मुलुकमा प्राप्त उपलब्धीहरुको संस्थागत गर्नका लागि पनि समाजवादी मोर्चाको विकल्प नरहेको उहाँको दाबी छ । देशमा नयाँ संविधान कार्यन्वयन भईरहेपनि कतिपय संवैधानकि त्रुटिहरु रहेकाले त्यसलाई सुधार गर्न पनि समाजवादी मार्चाको आवश्यकता रहेको उहाँको जोड छ ।

यस्तै मोर्चाका अध्यक्ष एवं माओवादी केन्द्रका जिल्ला संयोजक असिम राईले नागरिकको आवश्यकतालाई पुरा गर्न समाजवादी मोर्चा आवश्यक रहेको बताउनुभयो । साथै राजनितिक अस्थिरता मुलुकको विकासको बाधक बनिरहेकाले यसबाट मुक्त हुन पनि समाजवादी मोर्चा आजको आवश्यकता भएको अध्यक्ष राईको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार