‘द भोइस अफ नेपाल’का फाइनलिस्ट कुमारलाई थुलुङदुधकोशीले गर्‍यो ७ लाख ७७ हजार सहयोग

  हिमाल समाचार
6.3k Shares

सोलुखुम्बु – ‘द भोइस अफ नेपाल’का फाइनलिस्ट कुमार ‘प्रयास’ राईलाई सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिकाले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

आज बुधबार गाउँपालिका केन्द्र मुक्लीमा आयोजित पाँचौँ अध्यक्ष रनिङ शिल्ड तथा चौधौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा बृहत सांगितिक कार्यक्रमको अवसरमा ‘द भोइस अफ नेपाल’ सिजन ५ का उच्च ४ अन्तिम प्रतिस्पर्धी कुमारलाई गाउँपालिकाले आर्थिक सहयोग गरेको हो ।

भोटिङका लागि गाउँपालिकाले निर्णय नै गरेर सहयोग उपलब्ध गराइएको अध्यक्ष असिम राईले जानकारी दिनुभयो । कुमारलाई उक्त कार्यक्रममा ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँको चेक हस्तान्तरण गरिएको छ ।

चेक हस्तान्तरण गर्दै अध्यक्ष असिम राईले कुमार प्रयास यस गाउँपालिकाको गहना भएको बताउनुभयो । कोच उदय सोताङको टिमबाट फाइनलमा प्रवेश गरेका कुमार थुलुङदुधकोशी गाउँपालिकाकै ९ लोखिमका बासिन्दा हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार