विपद् व्यवस्थापन समिति सोलुद्वारा अग्नी पिडित शेर्पा परिवारलाई २ लाख राहत प्रदान

  सुस्मा बस्नेत
1k Shares

सोलुखुम्बु – जिल्ला विपद् व्यवस्थापन समिति सोलुखुम्बुले आगलागीबाट ज्यान गुमाएका पासाङ शेर्पाको परिवारलाई २ लाख रुपैयाँ राहत प्रदान गरेको छ ।

आज आइतबार जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमका बिच समितीका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी देवि पाण्डे खत्रीले मृतकका आमा डोल्मा शेर्पालाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

अधिकारी खत्रीले मृतकको आत्माको चिर शान्तिको कामना गर्दै पिडित परिवारलाई उक्त राहत रकम उपलब्ध गराउनका लागि सोलुदुधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पा र सोलु दुधकुण्ड नगरपालिका वडा नं ४ का वडाअध्यक्ष युवास तामाङको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ ।

गत मंसिर २१ गते सोलुदुधकुण्ड नगरपालिका २ फुङवुचे ढोलाकुचे स्थित चौरि गोठमा आगलागि हुदा सोनाम शेर्पा र डोल्मा शेर्पाका ४ वर्षका छोरा पासाङ शेर्पाको गोठमा जलेर मृत्यु भएको थियो । मृतक सोलुदुधकुण्ड नगरपालिका ४ सुर्के निवासी हुन् । उनी र उनका आमा करिब १ वर्ष पहिला देखि मामाघरमा बस्दै आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार