सोलुमा सवारी साधन कारबाहीबाट एकै महिनामा साढे ३ लाख बढी राजस्व सङ्कलन

  सुस्मा बस्नेत
0 Shares

जिल्ला ट्राफिक कार्यालय सोलुखुम्बुले सवारी साधन कारबाहीबाट एकै महिनामा साढे ३ लाख बढी राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको पुस महिनामा मात्रै ट्राफिक प्रहरि कार्यलय सोलुले ३ लाख ५५ हजार ५ सय रुपैँया साजस्व सङ्कलन गरेको हो ।

गत पुसमा सवारी नियम उल्लंघन गर्ने सवारी कारबाहीबाट उक्त राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । कार्यालयका ट्राफिक इन्चार्ज एवं प्रहरी नायब निरिक्षक कृष्ण कुमार कटवालका अनुसार गत महिना साना ठुला गरि ४ सय १९ सवारी साधन कारबाहीमा परेका छन् ।

जसमा कार÷जीप २ सय ४१ वटा, मोटरसाईकल ८०, ट्रक ४१, ट्याक्टर ३३, टिफर ११, टेम्पो १० र बस ३ वटा रहेको कार्यालयको तथ्यांक छ । सो महिना सबै भन्दा बढी जिप तथा कारले सवारी नियम उल्लंघन गरेका छन् भने सबै भन्दा कम बस ३ वटा रहेका छन् ।

अधिकांश सवारीे कागजात चुस्तदुरुस्त नभएका, क्षमता भन्दा बढी यात्रु बोकेका,मापासे गरि सवारी चलाएका लगायतका कम्जोरीका गरेकाले कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार