सोलुखुम्बु – नेकपा एमालेका नेता उत्तमकुमार बस्नेत नेपाल अर्बुद रोग निवारण संस्थाको केन्द्रीय सदस्यमा मनोनीत हुनुभएको छ । बस्नेतलाई संस्थाका अध्यक्ष महेश श्रेष्ठले केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको हो ।
संस्थाको विधानको धारा ४ को दफा १३ को उपधारा १ बमोजिम बस्नेतलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको नेपाल अर्बुद रोग निवारण संस्थाले जनाएको छ ।
अर्बुद(क्यान्सर)रोग निवारणको क्षेत्रमा काम गर्दै आएको सो संस्थाको केन्द्रीय सदस्यमा मनोनीत बस्नेत कोशी प्रदेशका पूर्व राज्यमन्त्री र प्रदेशसभा सदस्य हुनुहुन्छ ।