थुलुङ दुधकोशीद्वारा ६ महिनामा झण्डै आधा करोड राजस्व संकलन

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले ६ महिनामा झण्डै आधा करोड राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो ६ माहिनामा ४९ लाख ५० हजार २ सय ७५ रुपैयाँ ८० पैसाँ राजस्व संकलन गरेको गाउँपालिकाको कार्यालयले जनाएको छ ।

कार्यलयको तथ्याङक अनुसार सबैभन्दा बढी १ नम्बर वडाले २ लाख २७ हजार ८ सय ९२ रुपैया र सबैन्दा कम वडा नम्वर ४ ले ३८ हजार ८ सय २८ रुपैया राजस्व संकलन गरेको छ । त्यस्तै २ नम्वर वडाले १ लाख ५० हजार ६ सय ४० रुपैया, ३ नम्वरले ५४ हजार २ सय ८० रुपैया संकलन गरेको हो ।

५ नम्वर वडाले ६० हजार ९ सय ५७ रुपैया ६ नम्वर वडाले १ लाख ५१ हजार ४ सय ६० राजस्व संकलन गरेको छ । ७ नम्बर वडाले १ लाख ३७ हजार ७ रुपैया, ८ नम्वरले १ लाख १४ हजार ६१ रुपैया र ९ नम्वर वडाले १ लाख ७ हजार ३ सय ८७ रुपैया राजस्व संकलन गरेको कार्यलयका निमित्त प्रमुख प्रशासकिय अधिकृत खरिधन राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकाले भुमि कर, मालपोत कर, सिफारिस कर, सवारी साधन बहाल कर, ढुङगा गिटी कर, कृषि उद्पादन कर, ब्यक्तिगत घटना दर्ता लगायतका शिर्षकमा राजस्व संकलन गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार