नेचासल्यान–३ ले उठायो पालिकाकै धेरै राजस्व

सोलुखुम्बबु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ ले पालिकाकै धेरै राजस्व संकलन गरेको छ । वडा कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा १ लाख ५६ हजार ३ सय ६७ रुपैयाँ राजस्व संकलन गरेको पालिका लेखा शाखाले जनाएको छ ।

गाउँपालिका आन्तरिक लेखा परिक्षक सुजन खनालका अनुसार वडा नम्बर ३ ले संकलन गरेको उक्त राजस्व पाँचै वटा वडामध्येको सबै भन्दा धेरै हो । सबै भन्दा कम वडा नम्बर २ ले एक हला २ हजार सात सय ८ रुपैयाँ सकंलन गरेको लेखा परिक्षक खनालले बताउनुभयो ।

वडा नम्बर १ ले एक लाख १० हजार एक सय ३२, वडा नम्बर ४ ले एक लाख १९ हजार ७ सय ९२ र वडा नम्बर ५ ले एक लाख ३५ हजार ९ सय ५७ रुपैयाँ राजस्व संकलन गरेको जनाइएको छ ।

वडाबाट प्राप्त र पालिकाको गरी ६ महिनामा पालिकाले १५ लाख २१ हजार १५ रुपैयाँ राजस्व संकलन गरेको गाउँपालिका लेखा शाखाले जनाएको छ । पालिकाले एकिकृत सम्पती कर, भुमि कर, मालपोत, विभिन्न सिफारिस, नाता प्रमाणित, कृषि उत्पादन कर, ब्यक्तिगत घटना दर्ता लगायतका शिर्षकमा राजस्व संकलन गर्ने गरेको आन्तरिक लेखा परिक्षक खनालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार