सोलुखुम्बु बहुमुखी क्याम्पसमा गरियो वित्तीय साक्षरता कार्यक्रम

  हिमाल समाचार
273 Shares

सोलुखुम्बु  – सोलुखुम्बु बहुमुखी क्याम्पस सल्लेरीमा वित्तीय साक्षरता सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सकिएको छ । राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय सल्लेरीले ५९ औँ वार्षिक उत्सवको अवसमा विद्यार्थीहरुलाई वित्तीय साक्षरताबारे अभिमुखीकरण गराएको हो ।

कार्यक्रममा क्याम्पसका शिक्षक र विद्यार्थी गरी ५० जना भन्दा बढीलाई वित्तीय साक्षरता, वित्तीय अपराधको जानकारी, वित्तीय साईबर अपराध लगायतका विषयमा जानकारी प्रदान गरिएको सहकर्मी झलक राईले जानकारी दिनुभयो ।

विद्यार्थी तथा शिक्षकमार्फत समाजका नागरिकहरुमा वित्तीय साक्षरता सम्बन्धीका ज्ञान प्रदान होस् भन्ने उदेश्यका साथ क्याम्पसमा कार्यक्रम आयोजना गरिएको बैंकका शाखा प्रबन्धक सुबास निरौलाले बताउनुभयो ।

कार्यक्रमको सहजीकरण राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय सल्लेरीका कर्मचारीहरुबाट गरिएको सोलुखुम्बु बहुमुखी क्याम्पस सल्लेरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार