केदार माविको अक्षयकोषमा ४ महिनामै २३ लाख ३६ हजार सङ्कलन

  हिमाल समाचार
910 Shares

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ स्थित केदार माध्यमिक विद्यालयको अक्षयकोषमा २३ लाख भन्दा धेरै रकम सङ्कलन भएको छ । विद्यालयले चार महिनाको अवधिमा २३ लाख ३६ हजार ८ सय ८२ रुपैयाँ रकम सङ्लन गरेको हो ।

गत असोज २७ गतेबाट ३६ महिनामा ३६ लाख रुपैयाँ सङ्कलन गर्ने उदेश्यका साथ सुरु गरिएको कोषमा छ महिनामा दुई सय चार जना दाताबाट २३ लाख ३६ लाख बढी सङ्कलन भएको विद्यालयका सूचना अधिकारी सुवास भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दश हजार भन्दा माथि सहयोग गर्ने एक सय ४७ जना र दश हजार रुपैयाँ भन्दा कम गर्ने ५७ जना रहेका छन् । राष्ट्रिय वाणिज्य बैंकमा रहेको उक्त अक्षयकोषको रकमलाई मुद्धतीमा जम्मा गर्ने र व्याजको ९० प्रतिशत शैक्षिक गुणस्तर अभिवृद्धिमा खर्च गर्ने तथा दश प्रतिशत साँवामा गाभिने कार्यविधी बनाइएको विद्यालयले जनाएको छ ।

अक्षयकोषमा सबै भन्दा धेरै नेचासल्यान–४ घर भई हाल बेलायतमा बस्दै आउनुभएका खड्कसिंह राईले रू एक लाख ५० हजार सहयोग गर्नुभएको थियो । अक्षयकोषमा नेपालको पश्चिम क्षेत्रहरुबाट समेत सहयोग प्राप्त भईरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेम राज कट्टेलले बताउनुभयो ।

केदार मावि गत आर्थिक वर्ष कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट जिल्लाकै उत्कृष्ट घोषित भई नगद रू १४ लाख ५० हजारसहित पुरस्कृत भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार