सगरमाथा आवि जुबुलाई बस्नेतले गरे ३५ हजार बराबरको सामाग्री सहयोग

सोलुखुम्बु – सगरमाथा आधारभुत विद्यालय थुलुङ दुधकोशी गाउँपालिका–४ जुबु सोलुखुम्बुलाई करिब ३५ हजार रुपैयाँ बराबरको सहयोग सामाग्री प्राप्त भएको छ ।

उक्त विद्यालयलाई जुबु घर भइ हाल दक्षिण कोरियामा रहेका केदार बस्नेले प्रदान गरेको त्यहाँबाट होमनाथ खत्रीले जानकारी दिनुभयो । खत्रीका अनुसार बस्नेतले आफ्ना ठुलोबुवा डिक बहादुर बस्नेतको वार्षिक पुन्य तिथी पारी कक्षा १ देखि ३ सम्मका २२ जना विद्यार्थीलाई एक/एक सेट झोला, कापी र कलम सहयोग गर्नुभएको हो ।

उक्त सामाग्री बस्नेतका आमा सरिता बस्नेत र ठुलोबुबा भुपध्वज बस्नेतमार्फत शुक्रबार विद्यालयलाई उपलब्ध गराइएको प्रधानाध्यापक बिनोद कुमार बस्नेतले बताउनुभयो ।

प्राप्त सहयोगले विद्यार्थीलाई शैक्षिक कृयाकलापमा अग्रसर हुन थप अभिप्रेरित गर्ने भन्दै सहयोगीदाता बस्नेतलाई प्रअ बस्नेतले धन्यवाद दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार