मालपोत कार्यालय सोलुखुम्बुद्वारा साडे एक करोड बढी राजस्व संकलन

सोलुखुम्बु – मालपोत कार्यालय सोलुखुम्बुले ७ महिनामा साडे १ करोड भन्दा बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ७ महिनामा १ करोड ६२ लाख ३० हजार ६ सय १० रुपैयाँ राजस्व संकलन गरेको कार्यालयले जनाएको छ ।

रजिष्ट्रेसन फाँटका कर्मचारी सुमन कार्कीका अनुसार साउनमा ३१ लाख २६ हजार ६ सय ९५, भदौमा २६ लाख १५ हजार ९ सय २१, असोजमा २३ लाख ७८ हजार ४ सय ६४ संकलन भएको छ ।

त्यस्तै कर्तिकमा २० लाख ५९ हजार ४ सय ४३, मंसिरमा २९ लाख ८४ हजार २ सय ३२, पुषमा २० लाख ९२ हजार ९५, र मागमा २८ लाख ५६ हजार ५ सय ७० रुपैया संकलन भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार हाल सम्म ८ सय ६ वटा लिखत पारित, १ सय ६१ वटा धितोबन्धक लगायतको सेवा प्रवाह गरिएको कार्यालयले जनाएको छ । कार्यालयले लिखत परित, धितोबन्धक, संसोधन, प्रतिलिपि लगायतबाट राजस्व संकलन हुने गरेको जानइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार