गुदेल माविको विव्यस अध्यक्षमा राई चयन

सोलुखुम्बु – सोलुखुम्बुको माहाकुलुङ गाउँपालिका वडा नम्बर ४ स्थित गुदेल माध्यमिक विद्यालयले व्यवस्थापन समिती गठन गरेको छ । उक्त कार्यक्रमले विद्यालय व्यवस्थापन अध्यक्षमा सुर्यकुमार राईलाई चयन गरेको हो ।

आज शनिवार वडा नम्बर ४ का वडा अध्यक्ष सरस्वती राईको प्रमुख आथित्यतामा गुदेल माध्यमिक विद्यालयमा व्यस्थापन समितीको ९ सदस्य समिती गठन गरेको हो ।

त्यस्तै उक्त भेलाले शिक्षक अविभावक संघतर्फ बिमोचन कुलुङको अध्यक्षतामा ११ जनाको सदस्य समिती गठन गरिएको प्रध्यानाध्यापक लवकुमार राइले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोदन गदै वडा अध्यक्ष राईले नवनिर्बाचित पधाधिकारीलाई भव्य र सव्य तवरले अविभावकहरुद्वारा मनोनित भएकोमा नयाँ कार्याकालको शुभकामना व्यक्त गनुभयो । त्यसैगरि निर्वतमान व्यस्थापन अध्यक्ष नरेन्द्र बहादुर राईले २ कार्यकाल सशक्त ढंगले चलाएको प्रती स धन्यवाद ज्ञापन गर्दे बिद्यायालयले उहाँलाई सम्मान गरेको छ ।

कार्यक्रममा प्रध्यानाध्यापक लवकुमार राई, बिभिन्न जनप्रतिनिधिहरु,शिक्षकहरु,अविभावकहरु, बुद्धिजिवि, गरी २५० जनाको उपस्थितिमा समिती गठन गरिएको सहकर्मी झलक राईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार