शिक्षकलाई प्रविधिसँग जोड्दै हिमाल दर्शन मावि, १९ शिक्षकलाई ल्यापटप उपहार

  हिमाल समाचार
77 Shares

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ स्थित हिमाल दर्शन माध्यमिक विद्यालयले १९ जना शिक्षकलाई ल्यापटप वितरण गरेको छ । शिक्षालाई प्रविधिमैत्री बनाउने उदेश्यका साथ शुक्रबार एक कार्यक्रमका बिच १९ जना शिक्षकलाई एकरएक थान ल्यापटप वितरण गरेको हो ।

विद्यालयको आन्तरिक श्रोततर्फको ८ लाख बजेट खर्च गरी ल्यापटप खरिद गरेर वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम प्रसाद बास्तोलाले जानकरी दिनुभयो ।

उहाँका अनुसार १५ थान नयाँ खरिद र ४ थान विद्यालयमा मौजात रहेको ल्यापटप वितरण गरिएको हो । शिक्षकलाई प्रविधिसँग जोडेर प्रविधिमैत्री शिक्षण सिकाइका लागि सामाग्री वितरण गरिएको उहाँको भनाइ छ ।

विद्यालयले यस अघि नै इसीडीदेखि कक्षा १२ सम्मका प्रत्येक कक्षामा स्मार्ट टिभी र प्लानल बोर्ड जडान गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार