मोरङमा शौचालय गएकी खोटाङकी किशोरीको मृत सव फेला

सोलुखुम्बु – मोरङको पथरी शनिश्चरे–७ लामाटोलीमा एक किशोरीको शव फेला परेको छ । खोटाङको ऐसेलुखर्क गाउँपालिका ज्यामिरेकी १५ वर्षीया संजना भनिने ज्ञानकुमारी राईको हत्या भएको आशङ्का गरिएको छ ।

स्थानीयबासीका अनुसार शनिश्चरे–१ मा रहेको पञ्चायत माविमा कक्षा ७ मा अध्ययनरत किशोरी मामाघरमा बस्दै आएकी थिइन् । गएराति शौचालय जाने क्रममा उनको हत्या भएको हुनसक्ने स्थानीयले आशङ्का गरेका छन् ।

राति सुतिसकेको समयमा आवाज आएपछि हेर्न जाँदा ज्ञानकुमारीलाई नचिनेका व्यक्तिले धारिलो हतियार प्रयोग गरी भागेको देखिएको किशोरीका दाजु विमल राईले बताउनुभयो । घटनाबारे इलाका प्रहरी कार्यालय पथरीले अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार