सोलुमा दादुरा–रुबेला खोप अभियान सुरु

 

सोलुखुम्बु  – सोलुखुम्बुमा नौ महिनादेखि पाँच वर्षमूनिका बालवालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाईने भएको छ । आज मंगलवारदेखि चैत ३ गतेसम्म अभियानकै रुपमा दादुरा–रुबेला विरुद्धको खोप लगाईने जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका अधिकृत सौजन सिग्देलले जानकारी दिनुभयो ।

सोलुखुम्बुका ८ हजार ८ सय १९ जना बालवालिकालाई खोप दिन २ सय २१ वटा खोप केन्द्र निर्धारण गरेको छ । यो अभियानमा नियमित खोप छुटेका बालवालिकाले पुन आफ्नो स्थानिय तहसंग सम्पर्क गरी खोप लगाउन पाउने जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका सुचना अधिकारी रामनारायण शाहले बताउनुभयो ।

उहाँका अनुसार प्रत्येक खोप केन्द्रमा १ स्वास्थ्य कर्मी र दुई जना स्वयमसेवक खटाईएको छ । आज १० बजेवाट प्रत्येक खोप केन्द्रमा खोप सञ्चालन हुने जनाईएको छ । दादुरा–रुबेला रोगबाट १ जना संक्रमित व्यक्तिले १५ देखि १८ जनासम्मलाई संक्रमण गराउने भएकाले खोप अनिवार्य लगाउनुपर्ने जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार