सोलुमा दादुरा–रुबेला खोपको पहिलो दिन ६ सय भन्दा बढीले खोप लगाए

सोलुखुम्बु – सोलुखुम्बुमा एकै दिनमा ६ सय भन्दा बढीलाई दादुरा –रुबेलाको खोप लगाईएको छ । आज मंगलवारबाट सुरु भएको खोप अभियानको पहिलो दिन ६ सय ४३ जना बालबालिकालाई खोप लगाइएको हो । ८ स्थानीय तह रहेको जिल्लामा आ–आफ्नो गाउँपालिका वा वडालाई खोप केन्द्र निर्धारण गरिएको छ ।

जसमा आज मंगलवार पहिलो दिन सोलुदुधकुण्ड नगरपालिकाको १२ वटा केन्द्रबाट ३ सय, थुलुङ दुधकोशी गाउँपालिकाको ८ वटा केन्द्रबाट १ सय ९४, जना बालवालिकाले खोप लागाएका छन् ।

त्यस्तै नेचासल्यान गाउँपालिकामा १ सय १३, सोताङ गाउँपालिकाको ५ वटा केन्द्रबाट १ सय १२, महाकुलुङ गाउँपालिकाको ५ वटा केन्द्रबाट १ सय ८, लिखुपिके गाउँपालिकाको ५ वटा केन्द्रबाट ६७, र खुम्बु पासाङल्यामु गाउँपालिकाको २ वटा केन्द्रबाट २८ जना बालवालिकाले खोप लागाएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।

आगामी चैत्र ३ गतेसम्म सञ्चालन हुने खोप अभियान अन्तरर्गत जिल्लाबाट जम्मा ८ हजार ८ सय १९ जना बालवालिकालाई खोप दिईने कार्यालयका अधिकृत सौजन सिग्देलले जानकारी दिनुभयो । यो अभियानमा नियमित खोप छुटेका बालवालिकाले पुन आफ्नो स्थानिय तहसंग सम्पर्क गरी खोप लगाउन पाउने कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार