सोलुदुधकुण्ड : जिल्लामै पहिलो पटक सबै विद्यालयमा प्रश्न पत्रमा एकरूपता

  हिमाल समाचार
168 Shares

सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले नगर क्षेत्रभित्रका सबै बिद्यालयलहरुमा प्रश्न पत्रमा एकरुपता ल्याएको छ । जिल्लामै पहिलो पटक कक्षा ४ देखि ९ सम्म सबै विषयका प्रश्नपत्र नगरपालिकाले तयार गरि परीक्षा गरेको हो ।

६२ वटा सामुदायिक विद्यालय रहेको नगरपालिकामा कक्षा ४ भन्दा माथि संचालित विद्यालय ५० रहेका छन् । नगरपालिकाभित्रका बिद्यालयहरुको शैक्षिक क्रियाकलापहरुमा एकरुपता ल्याउनका लागि शेक्षिक सत्रको सुरुवातमा नै शैक्षिक क्यालेन्डर बनाएर अघि बढेको नगरपालिकाले यही शैक्षिक सत्रबाट विज्ञ शिक्षकहरूबाट प्रश्नपत्र तयार गरि परीक्षा सुरु गरिएको सोलुदुधकुण्ड नगरपालिका शिक्षा शाखाका सन्तोष राउतले जानकारी दिनुभएको छ।

सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न यसले थप टेवा पुग्ने उहाँको भनाइ छ। सोलुदुधकुण्ड नगरपालिकाले नगरभित्रका सामुदायिक बिद्यालयलहरुको हरेक काममा एकरुपता ल्याउनका लागि यस बर्ष शैक्षिक क्यालेन्डर बनाएर कार्यान्वयनमा ल्याईएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार