होली खेल्ने क्रममा उदयपुरका तीन बालबालिका बेपत्ता

सोलुखुम्बु – होली खेल्ने क्रममा उदयपुरको तिन बालबालिका बेपत्ता भएका छन् । बालबालिकाहरु होली खेल्दै जादा सुनकोशीमा दिउसो ३ बजे बगेर बेपत्ता भएको हो ।

त्रियुगा नगरपालिका १४ साउने बजारका १२ बर्षीय रेखा मगर, ९ बर्षीय रिदम मगर र १२ बर्षीय लोक बहादुर मगर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

बालबालिकाहरुको समुह होली खेल्दै धाप्लाङघाट पुगेका थिए । कोशीमा पौडिन पसेका मध्ये चारपाँच जनाको स्थानीयले उद्धार गरेको र तीनजना भने बेपत्ता भएको प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीले बताउनुभयो ।

उहाँका अनुसार घटनास्थलतर्फ खोजतलासका लागि प्रहरी टोली खटिएकोे छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार