निर्माणधिन भुवा खोला मोटरेबल पुलको ५० प्रतिशत कार्य सम्पन्न

 

 

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर २ स्थित भुवा खोला मोटरेबल पुलको निर्माण कार्य ५० प्रतिशत सम्पन्न भएको छ ।

आज (सोमवार)गाउँपालिका प्रमुख सुर्य बहादुर कुलुङ र वडा अध्यक्ष प्रदिप कुलुङले निर्माणधिन पुलको अनुगमन गर्नुभएको हो ।

गत मंङिसर मसान्तबाट सुरु भएको उक्त पुल निर्माणको काम तिब्र गतिमा सञ्चालन भैरहेको पालिका प्रमुख सुर्य बहादुर कुलुङले बताउनुभयो ।

आर्थिक वर्ष २०७९/८० को बहुबर्ष योजना अन्तरगत कोशी प्रदेश सरकारबाट १ करोड र गाउँपालिकाबाट १ करोड ५० लाख बिनियोजित बजेटमा आरएन – एमबि साहल जेबि कटारी उदयपुर कम्पनीले ३ करोड ७९ हजार ७ सय ६४ रुपैयाँमा सक्ने गरी सम्झौता  गरिएकोे वडा नम्बर १ का वडा अध्यक्ष प्रदिप कुलुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार  गाउँपालिकाको डि पि  आरमा २५ दशमलप ६५ मिटरको चौडाइ ४ दशमलप २५ आर सि.सि को पक्की पुल चारैतर्फ पिलर गाडेर फाउन्डेसन उठाउने  निर्माण कार्य भइरहेको छ  ।

गाउँपालिकाले जेठ मसान्त सम्ममा पुल निर्माण कार्य सकेर  सञ्चालन गर्ने लक्ष्य लिएको सहकर्मी झलक राईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार