सोलु, ओखलढुंगा र खोटाङसहितका ठाउँमा दिनभरजसो पानी पर्ने

  हिमाल समाचार
119 Shares

सोलुखुम्बु – सोलुखुम्बु, ओखलढुंगा र खोटाङसहितका स्थानहरुमा आज दिनभर जसो पानी पर्ने सम्भावना रहेको छ । धेरै ठाउँमा रातिदेखि पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै चितवनको कालिखोलामा ५१ मिलिमिटर र तनहुँको बन्दीपुरमा ५० मिलिमिटर पानी परेको छ । मौसमविद् शान्ति कँडेलका अनुसार आज दिउँसो पनि कोशी, गण्डकी र बागमती प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

पश्चिमका केही ठाउँमा पनि पानी पर्न सक्ने उहाँले बताउनुभयो । अझै तीन दिनसम्म देशभर बदली र धेरै ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ ।

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अघिल्लो हप्ताको बुधवारदेखि नै वर्षा र बदली भैरहेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार