सोलुदुधकुण्ड ६ द्वारा कृषकहरुलाई विउविजन बितरण

सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ ले कृषकहरुलाई विउविजन बितरण गरेको छ । वडाबाट विनियोजित २०८०/०८१ को कृषि कार्यक्रम योजना अन्तरगत विउविजन खरिद गरी कृषक समुह, व्यक्तिगत कृषि फर्म र विभिन्न कृषकहरुलाई विउविजन वितरण गरेको हो ।

वडाध्यक्ष फुर्वाग्याल्जेन शेर्पाका अनुसार आज विहिवार ६ नम्बर वडा कार्यालयमा ७० घरधुरी र ३ वटा कृषक समुहलाई काउली, टमाटर, बन्दाकोपी, गाँजर, काँक्रो, मुला जुकुनी फर्सी र सागका विउविजन वितरण गरिएको हो ।

कृषि प्रधान देशमा आय स्रोत नै कृषि भएकाले कृषकहरुलाई व्यवसाय गर्ने सहज र आर्थिक आम्दामी होस भनी विउबिजन बितरण गरिएको अध्यक्ष शेर्पाले बताउनुभयो । आज १५ गते थातेङ, छितोङ, च्लाल्साका कृषकहरुलाई बितरण गरिएको छ ।

१६ गते छुल्यामु, दोरिप, दोर्पुका कृषकहरुलाई वडा कार्यालयमै बितरण गरिने र १८ गते खोरीया टम्पुटारको आधारभुत स्वास्थ्य केन्द्रमा बितरण गरिने वडा कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार