सोलुदूधकुण्ड–१० का दावालाई मलेसियास्थित नेपाली दूतावासद्वारा सम्मान

  हिमाल समाचार
0 Shares

सोलुखुम्बु – सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० का दावा शेर्पालाई मलेसियास्थित नेपाली दूतावासले सम्मान गरेको छ । गत साता मलेसियाको दमनसरास्थित एट्रिया सपिङ मलमा ड्युटी गर्दागर्दै सुर्केसमा  ५ लाख ८७ हजार ५ सय १६ मलेसियन रिंगेट भेटाएर बुधवार प्रहरीलाई बुझाएकोमा उहाँलाई मलेसियास्थित नेपाली दूतावासले सम्मान गरेको हो ।

मंगलबार रोजगारदाता कम्पनीका मालिकसहित दूतावासमा बोलाएर मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले शेर्पालाई सम्मान गर्नु भएको छ । शेर्पाको यस इमानदारिताका कारण उहाँलाई यतिबेला सम्मान थाप्न भ्याइनभ्याइ छ ।

विगत ४ वर्षदेखि मलेसियाको ‘ए फाइभ सेक्युरिटी सर्भिस’मा कार्यरत रहेका शेर्पालाई सम्मान थाप्न भ्याइनभ्याइ भएको हो । शेर्पाले आफ्नो पेसागत निष्ठा तथा व्यावसायिकता प्रमाणित गरेको भन्दै उहाँको इमानदारीलाई सम्मान गरिएको दूतावासले जनाएको छ ।

उहाँको यो इमानदारी तथा व्यावसायिकताले सारा नेपाल र नेपालीको शिर उच्च बनाएको दूतावासले जनाएको छ । केही दिनअघि मात्र उहाँलाई कम्पनीका निर्देशक सिंह जसवंतले उपहारसहित अवार्ड प्रदान गरर्नुभएको थियो ।

अवार्ड प्रदान गर्दै कम्पनीका निर्देशक सिंह जसवंतले भने, ‘हाम्रो कम्पनीप्रतिको शेर्पाको वफादारी र इमानदारीको साँच्चै प्रशंसा गर्छौं । यस घटनाले नेपाली कामदार इमानदार हुन्छन् भन्ने उदारणसमेत दिएको रोजगारदाता कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार