सगरमाथा अरोहणका लागि १३० जनाले लिए अनुमति

  हिमाल समाचार
49 Shares

सोलुखुम्बु – वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि १३० जनाले अनुमति लिएका छन् । यस सिजनको गत शुक्रबारसम्ममा ११ समुहका १३० जनाले सगरमाथा आरोहण अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।

विभागका प्रबक्ता काली वहादुर भुजेलका अनुसार सगरमाथा आरोहण अनुमति लिनेमा १०४ जना पुरुष र २६ जना महिला रहेका छन् । आरोहण अनुमति लिने क्रम जारी रहेको उहाँले बताउनुभयो ।

शुक्रबारसम्म २६४ जना आरोहीले नेपालका विभिन्न १५ वटा हिमाल आरोहण अनुमति लिएको विभागको तथ्याङ्क छ । यस सिजनमा आरोहण अनुमति लिनेमा सबै भन्दा धेरै सगरमाथा रहेको छ ।

दोस्रोमा  ३८ जनाले सोलुखुम्बुमै अवस्थित आमादब्लम हिमाल आरोहणको अनुमति लिएका छन् । आरोहण अनुमतिबाट शुक्रबारसम्ममा १९ करोड ९२ लाख रुपैयाँ रोयल्टी संकलन गरेको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार