देउसामा उद्यमशिलता तालिम सकियो, सहभागीमा उद्यमी बन्ने हुटहुटी

  हिमाल समाचार
133 Shares

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–७ देउसामा सात दिन देखि जारी उद्यमशिलता तालिम सम्पन्न भएको छ । वडा कार्यालयको माग अनुसार घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको आयोजनामा सञ्चालित उक्त तालिम मंगलबार सम्पन्न भएको हो ।

वडामा यस अघि तालिम सञ्चालन भइ उद्यम गरिरहेकाहरुलाई लक्षित गरि तालिम सञ्चालन गरिएको वडा अध्यक्ष भोजराज कार्कीले जानकारी दिनुभयो । अध्यक्ष कार्कीले उद्योग सञ्चालन गर्न सबैभन्दा पहिला व्यक्तीमा सीप हुनुपर्ने र सीप भएपछि मात्र उद्यम सुरु हुने र रोजगारी प्राप्त गर्ने वातावरण निर्माण हुने बताउँनुभयो ।

सोही विषयलाई मध्यनजर राख्दै विभिन्न निकाय संगको समन्वय र सहकार्यमा तालिम सञ्चालन गर्दै साना उद्योग स्थापना गरिरहेको वडा अध्यक्ष कार्कीले बताउँनुभयो । उक्त तालिममा २७ जनाको सहभागीता रहेको थियो । जीवनमा थुप्रै तालिमहरु लिएको भएपनि उद्यमीका लागि सबैभन्दा महत्वपुर्ण तालिम उद्यमशिलता तालिम रहेको भन्दै सहभागी नेतकुमार राईले वडा कार्यालय र घरेलु कार्यालयलाई धन्यवाद दिनुभयो ।

यस्तै अर्का सहभागी तेरीना राईले नागरिकलाई आत्मानिर्भर बनाउँनको लागि वडाले खेलेको भूमिकाको प्रशंसा गर्दै यस तालिमबाट उद्यमी बन्न सक्ने क्षमताको विकास भएको बताउँनुभयो । थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ मा एक व्यक्ती एक सीप अभियान जारी राखिएको वडा अध्यक्ष कार्कीले बताउँनुभयो ।

सीप संगै उद्यममा जोड्ने गरि सहजीकरण गरिएको उहाँको भनाई छ । यस्तै घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुका प्रमुख नारायण प्रसाद खतिवडाले वडा कार्यालयको माग अनुसार तालिम सञ्चालन गरिएको भन्दै आगामी दिनमा थप सीपमुलक कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने बताउँनुभयो । ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार