जैदुको निजी वनमा डढेलो, नियन्त्रणको प्रयास जारी

  हिमाल समाचार
77 Shares

सोलुखुम्बु – सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–६ जैदु स्थित एक निजी वनमा डढेलो फैलिएको छ । स्थानीय शंखविर तामाङको उक्त वनमा आज बुधबार दिउँसोबाट डढेलो सुरु भएको जिल्ला प्रहरी कार्यालय सोलखुुम्बुले जनाएको छ ।

प्रहरी निरीक्षक राम चन्द्र शाहका अनुसार डढेलो नियन्त्रणका लागि प्रहरीसहित स्थानीयवासी सकृय भएका छन् । धेरै हदसम्म डढेलो नियन्त्रण भएपनि हावाका गतिका कारण पुर्ण रुपमा नियन्त्रण गर्न कठिन भएको उहाँको भनाइ छ ।

आगलागीको कारण खुल्न सकेको छैन । आगोले सल्ला, ठिङ्ग्रे, गोब्रे, गुँरास लगायतका रुखहरु जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार