कुभिण्डेमा विविध कार्यक्रमका बिच सकियो नयाँ वर्ष विशेष कार्यक्रम

  हिमाल समाचार
350 Shares

सोलुखुम्बु – खोटाङको रावाबेसी गाउँपालिका–१ कुभिण्डेमा विधि कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कुभिण्डे युवा, खेलकुद तथा सास्कृतिक समितिको आयोजनामा कुभिण्डे युवा, खेलकुद तथा सास्कृतिक समितिको योगेश राईको सभापतित्व र रावा बेसी गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा वडा स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिता, खुल्ला सामुहिक नृत्य प्रतियोगिता, वडा स्तरीय तान डोरी प्रतियोगिता विभिन्न झाँकी प्रदर्शनी लगायत सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमहरु सम्पन्न भएको छ ।

चैत २९ गतेदेखि वैशाख २ गतेसम्म सञ्चालन भएको कार्यक्रममा वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता मा सिद्धिचरण नगरपालिका–१ तलुवा प्रथम, चिशन्खुगढी गाउँपालिका कुइभिर द्वितीय, रावा बेसी गाउपालिका– १ कुभिण्डे आयोजक टिम ए तृतीय र ऐसेलुखर्क गाउँपालिका– ७ ज्यामिरे सान्त्वना भएको सहकर्मी प्रेम श्रेठले जानकारी दिनुभयो ।

त्यसैगरी तान डोरी प्रतियोगितामा कुभिण्डे साबिक वडा नम्बर ७ प्रथम, रावा बेसी गा.पा.–५ दुवेकोल द्वितीय र आयोजक कुभिण्डे तृतीय भएको थियो । त्यस्तै खुल्ला सामुहिक नृत्य प्रतियोगिता श्री ज्योती मा.वि. जालपा प्रथम, डुम्रेधारापानी समूह ख द्वितीय, श्री शारदा मा.वि. खार्पा तृतीय र दिक्तेल इङ्गलिस बोडिङ्ग स्कुल सान्त्वना भएको थियो । भलिबल प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टिमलाई क्रमश रु ७० हजार, ४५ हजार, ३० हजार र ११ हजारको साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

विद्यागततर्फ उत्कृष्ट खेलाडिहरुलाई समेत पुरस्कार प्रदान गरिएको थियो । वडा स्तरीय पुरुष डोरी तान प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने समुहले रु १० हजार र ७ हजार प्रतियोगिताको तेस्रो हुने समुहलाई रु ५ हजार नगद प्रदान गरिएको हो ।

यस्तै, वडा स्तरीय नृत्य प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने लाई नगद रु. १६ हजार १२ हजार, ८ हजार र ४ हजार को साथमा प्रमाणपत्र प्रदान गरिएको थियो र नृत्य प्रतियोगितामा सहभागी १२ टिम मध्ये ८ समुहलाई रावाबेसी गाउँपालिकाले प्रोत्साहन स्वरुप नगद रु.२/२ हजार समेत प्रदान गरिएको थियो ।

४ दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रममा रावा बेसी गाउँपालिका भित्रका विभिन्न जातजातीले आफ्नो मौलिक झाँकी प्रदर्शन र गायिका रेस्मा पुन मगर र डान्सर अस्मिता राना मगरको विशेष प्रस्तुतीको समेत भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार