सोताङमा आगोले गोठ जलेर नष्ट, ५० हजारको क्षति  

  हिमाल समाचार
35 Shares

सोलुखुम्बु – सोलुखुम्बुको सोताङ गाउँपालिका-३ पपलाखीमा एउटा गोठ आगोले जलेर नष्ट भएको छ ।

आज बिहीबार स्थानीय दाताराम गौतमको गोठ आगोमा आगलागी हुँदा ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

दिउँसो अन्दाजी ३ बजे गोठमा अचानक आगलागी भएको प्रहरी निरीक्षक राम चन्द्र शाहले जानकारी दिनुभयो ।

आगो स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार