सोलुखुम्बु – नेकपा एमाले सोलखुुम्बुको ७ औ जिल्ला अधिवेशनको तयारी पुरा भएको छ ।
भोली देखि हुने अधिवेशनले एमाले नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमा ५१७ जना प्रतिनिधि सहभागि हुँदैछन् ।
प्रतिनिधिले जिल्ला कमिटीको ५ जना पदाधिकारी सहित ९० जनाको जिल्ला कमिटी चयन गर्ने एमाले नेचासल्यान अध्यक्ष तथा अबिधेशन प्रचार समितिका संयोजक जगनाथ बास्तोलाले जानकारी दिए ।
एमालेले पदाधिकारी र जिल्ला कमिटीमा सदस्य बन्नका लागि मापदण्ड तय गरेको छ । सोलु एमालेमा वर्तमान पदाधिकारी नै दोहोरिने संकेत देखिएको छ ।