क्रियाशिल सदस्यता पारदर्शि ढंगले वितरण गर्नुपर्नेमा काँग्रेस नेताहरुको जोड

  हिमाल समाचार
245 Shares

सोलुखुम्बु – नेपाली काँग्रेस सोलुखुम्बुका नेता तथा कार्यकर्ताहरुले पार्टीको क्रियाशिलता वितरणमा पारदर्शीता अपनाउन जिल्ला नेतृत्वलाई दबाब दिएका छन् ।

क्रियाशिल सदस्यता वितरणको पुर्व सन्ध्यामा नेपाली काँग्रेस सोलुखुम्बुले आयोजना गरेको सरोकारवालाहरुसँगको संयुक्त बैठकका सहभागिहरुले क्रियाशिल सदस्यतामा गुटगत ब्यवहार प्रदर्शन नगर्न दबाब दिएका हुन् ।

चरम गुटबन्दिका कारण विगतका निर्वाचनमा हार ब्यहोर्नु परेको भन्दै नेता तथा कार्यकर्ताहरुले उक्त पराजयको अपजस पार्टी केन्द्रिय सदस्य बलबहादुर केसी र पुर्व पार्टी सभापति आङगेलु शेर्पा दुवैले ग्रहण गर्नु पर्ने बताएका हुन् ।

जिल्ला समन्वय समितिको हलमा आयोजित कार्यक्रममा लिखुपिकेका काँग्रेस नेता केदार बस्नेत, थुलुङदुधकोशीका पार्टी सभापति महेन्द्रदिप राई, काँग्रेस नेता शंकर कार्की, नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पा, सोलुदुधकुण्ड नगर सभापति दावागेलु पाख्रिन, सोताङ पालिका सभापति गणेश बस्नेत, टानका उपाध्यक्ष चोलेन्द्र कार्की, शिक्षक महासंघ अध्यक्ष लालप्रसाद बाँस्तोला लगायतका नेताहरुले क्रियाशिल सदस्यता वितरणमा न्यायोचित निर्णय गरि पार्टीमा भावनात्मक एकताको आवश्यक्ता औँल्याएका हुन् ।

कार्यक्रमलाई संबोधन गर्दै काँग्रेस केन्द्रिय सदस्य बलबहादुर केसीले आफुनै सोलुको सिंगो काँग्रेस भएको जिकिर गर्दै अन्य ब्यक्तिहरुकै कारण क्रियाशिल सदस्यता वितरणमा समस्या आएको बताए । सो क्रममा पुर्व पार्टी सभापति आङगेलु शेर्पाले पुरानो शैली र दम्भले काँग्रेसको संगठन चल्न नसक्ने भन्दै कार्यकर्ताले रुपान्तरण सहितको नेतृत्व चाहेको बताए ।

काँग्रेस नेता शेर्पाले काँग्रेस सच्चिएर अगाडी बढे नेकपा एकै भए पनि काँग्रेसले जित हाँसिल गर्ने उद्घोष गरे । पुर्व पार्टी सभापतिहरु छत्रध्वज बस्नेत र प्रभुराम बस्नेतले क्रियाशिल सदस्यता वितरणमा धाधली गर्ने ठाउँ नभएको भन्दै सबै अधिकार वडामा केन्द्रित रहेकाले वडा समितिलाई विवेक पुर्याउन आग्रह गरे ।

काँग्रेस नेता प्रकाससिंह कार्कीले सबै पक्ष सच्चिएर काँग्रेस पार्टीको पुनर्निमाणमा जुट्न आग्रह गरे । जिल्ला सभापति विनोद बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा काँग्रेसका जिल्ला तथा गाउँ स्तरका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार